काँग्रेस सभापतिमा गगन निर्विरोध अरु कुन पदमा को ? (सुचि सहित)

61

काठमाडौँ – नेपाली कांग्रेसले नेतृत्व परिवर्तनको नयाँ अध्याय सुरु गरेको छ। काठमाडौँमा सम्पन्न पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्विरोध चयन भएका हुन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार सभापति पदका लागि थापाको मात्रै उम्मेदवारी परेपछि निर्वाचन प्रक्रियामार्फत उनलाई निर्विरोध निर्वाचित घोषणा गरिएको हो। निर्वाचन परिणाम सार्वजनिक गर्दै संयोजक केसीले सभापतिमा थापा निर्विरोध चयन भएको औपचारिक घोषणा गरे।

सभापतिमा चयन भएपछि थापाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध गर्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। निर्वाचन समितिले सभापति चयनपछि बाँकी पदहरूको निर्वाचन परिणाम क्रमशः सार्वजनिक गरिने जनाएको छ ।

यस्तो छ सूची –

समाचार वर्गहरू