काँग्रेस सभापति गगन थापाले छोडे काठमाडौं क्षेत्र नम्बर ४ : सर्लाही ४ बाट उम्मेदबारी दर्ता

36

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बन्ने भएका छन्। यससँगै उनले यसअघि लगातार तीनपटक विजयी हुँदै आएको काठमाडौं–४ निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्।

पार्टी स्रोतका अनुसार थापाले संगठन विस्तार र तराई–मधेस क्षेत्रमा पार्टीको उपस्थिति सुदृढ बनाउने रणनीतिका रूपमा सर्लाही–४ रोजेका हुन्। लामो समयदेखि शहरी क्षेत्रमा केन्द्रित राजनीतिक भूमिकाबाट बाहिरिएर ग्रामीण तथा मधेस केन्द्रित राजनीतिक सन्देश दिनु पनि उनको उम्मेदवारीको उद्देश्य रहेको बताइएको छ।

काठमाडौं–४ बाट थापा २०७०, २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। युवामैत्री नेताका रूपमा चिनिएका थापा नीति निर्माण, शिक्षा, स्वास्थ्य र सुशासनका मुद्दामा मुखर रहँदै आएका छन्।सर्लाही–४ बाट उनको उम्मेदवारीलाई कांग्रेसले मधेसमा नयाँ ऊर्जा र राजनीतिक सन्देशको रूपमा लिएको छ।

पार्टीभित्र यस निर्णयलाई रणनीतिक र दीर्घकालीन राजनीतिक हिसाबले महत्वपूर्ण कदम मानिएको छ। आसन्न निर्वाचन नजिकिँदै जाँदा थापाको क्षेत्र परिवर्तनले राष्ट्रिय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ।

समाचार वर्गहरू