काठमाडौैं – नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्।
शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्।
सभापति बिजयी भएका शाक्य काठमाडौ महानगर वडा नम्बर २५ को वडाध्यक्ष पनि हुन्। उनी प्रकाशमान सिंह-गगन थापा निकट हुन्।
रञ्जितलाई सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको साथ थियो। महानगरमा सिंह थापा निकट शाक्यको प्यानल नै विजयी भएको छ।