कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारका लागि सर्‍यो

21

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक अन्तिम समयमा आएर सारिएको छ । लतिलपुरको सानेपास्थित पार्टी मुख्यालयमा भोलि दिउँसो १ बजे बस्ने गरी तोकिएको बैठक आगामी सोमबारका लागि सारिएको छ ।

कांग्रेसभित्र देखिएको विवाद सहमतिमा नपुगेपछि केन्द्रीय समिति बैठक सरेको हो । आज पदाधिकारी र पूर्वपदाधिकारीहरू छलफलमा बसे पनि ठोस सहमति बनेको छैन । सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्य सहितको अनौपचारिक बैठकलाई शुक्रबार पनि निरन्तरता दिने बताएका छन् ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक आगामी सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको बताए ।

आगामी सोमबार बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहने पौडेलले बताए । १४ औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यताको वितरण लगतायत विषयमा कांग्रेसभित्र मतमतान्तर छ ।

समाचार वर्गहरू