कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन – अर्थमन्त्री महत

4

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसभित्र एकता भए आगामी चुनावमा बहुमत ल्याउन सकिने बताएका छन्।

शनिबार कांग्रेस  बागमती प्रदेश प्रथम सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महतले कांग्रेसभित्र एकता भए चुनावमा बहुमत आउने बताएका हुन्।

उनी भन्छन्,‘संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ। यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन।’

बाहिर धेरै कुरा गर्ने भित्र केही नगर्ने कांग्रेसको समस्या भएको महतले बताए। आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्‍याे भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या उनले औंल्याए।

‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ’, महतले भने,‘हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू