काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं केपी शर्माओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् ।
अनेरास्ववियूले आयोजित गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताए ।
यतिमात्र नभई यस कार्यका लागि तयारीमा लाग्न समेत उनले कार्यकर्तालाई निर्देशन पनि दिएका थिए । युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेकाले एमालेलाई भोट दिने ओलीको भनाई छ ।
उनले एमाले देशको पहिलो पार्टी भएको पनि बताउँदै संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताए ।
देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको ओलीको भनाई थियो ।