मध्यबिन्दु/काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि संसद अवरुद्ध गरेको छ । आज शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले उठेर बैठक अवरुद्ध गरेका हुन् ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रही भएर मुद्दा चलाएको भन्दै हिजोको संसद अवरुद्ध गरेको कांग्रेसले आज पनि विरोध जनाएको हो ।
सभामुखसँग विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद मीन विश्वकर्माले अख्तियार सरकारको छायाँ बनेको आरोप लगाए । केपी ओली नेतृत्वको सरकार आफ्नालाई जोगाउँदै कांग्रेसलाई सिध्याउन लागि परेको आशंका व्यक्त गर्दै विश्वकर्माले सरकार पूर्वाग्रही भएको उल्लेख गरे ।
२० मिनेटसम्म बसेको बैठकमा सभामुख सापकोटाले पटक पटक कांग्रेसका सांसदलाई बस्न आग्रह गरे पनि उनीहरुले अवरोध गरेका हुन् ।