कांग्रेसले डा.महतको संयोजकत्वमा गठन गर्‍यो `अर्थ केन्द्रित विशेष समिति ´

18

(काठमाडौं) – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को प्रभावबारे अध्ययन र विश्लेषण गर्न अर्थ विशेष समिति गठन गरेको छ। सभापति शेरबहादुर देउवाले बुधबार ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेका हुन्।

डा.रामशरण महतको संयोजकत्वमा गठित समितिका सदस्यमा पूर्वअर्थमन्त्री, अर्थ राज्यमन्त्री, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरेका, राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्वगरेका नेतालाई जिम्मेवारी दिइएको छ। अर्थ समितिमा संयोजकसहित १४ सदस्य रहेका छन्।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ। समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने छ।

 

समाचार वर्गहरू