काठमाडौं – नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको तयारीका लागि १५ नेतालाई प्रतिनिधि खटाएको छ।
उपत्यकाका १५ क्षेत्रमध्ये काठमाडौंका १० क्षेत्रमा अब्दुल सतार, सीता थपलिया (उर्मिला), रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डिला संग्रौला र सरिता प्रसाईंलाई जिम्मेवारी दीइएको छ।
यसैगरी ललितपुरका ३ क्षेत्रमा उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् भने भक्तपुरका २ क्षेत्रका लागि इन्द्र बानियाँ र गणेश लामा प्रतिनिधि बनेका छन्।
कांग्रेस सडकमा जानुपर्नाको कारण कार्यकर्तालाई जानकारी गराएर क्षेत्रबाट बढीभन्दा बढीलाई विरोध प्रदर्शनमा उतार्ने कांग्रेसको योजना छ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।