कांग्रेसले नीति महाधिवेशनको सट्टा महासमिति बैठक मंसिरमा गर्ने

18

काठमाडौं – नेपाली कांग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ ।

बुधबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।

कांग्रेसले महासमितिको बैठक मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

‘विधानमा नीति महाधिवेशनले गर्ने कामहरू गर्ने गरी मंसिर ११ देखि १३ गतेसम्म महासिमितको बैठक बोलाइएको छ,’ पार्टीले गरेको निर्णय सुनाउँदै महामन्त्री शर्माले भने ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू