काठमाडौं – नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिने समय थप गरेको छ। यसअघि आज साेमवारसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे कांग्रेसले समय थप्दै कात्तिक ४ गतेसम्मकाे समय दिएकाे हाे ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
उम्मेदवारी फिर्ता लिए यसअघी पार्टीले गरेकाे सम्पुर्ण कारबाही फुकुवा हुने विज्ञप्तिमा उल्लेख छ ।
गएकाे बुधवार कांग्रेसले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे ।