कांग्रेस–एमालेबीचको सहमति भोलि नै संसद्‌बाट सार्वजनिक गर्नुपर्छ : गगन थापा

46

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता समीकरणका लागि कांग्रेस-एमालेबीचको सहमति संसदबाट चाँडै सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघी आइतबार संसद्‌बाट सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

४२ औं बीपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ​हस्ताक्षरकर्ता मध्येका एक प्रधानमन्त्री ओली आफैं रहेकाले विश्वासको मत लिने क्रममा उक्त सम्झौता सार्वजनिक गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेस सम्झौताअनुसार नै अगाडि बढेकाले एमाले पनि सोही अनुसार अगाडि बढ्नुपर्ने उनले बताए । ‘लिखित समझदारी जे भएको छ, त्यसमा कांग्रेसले केही पनि तल-माथि गर्दैन,’ उनले भने, ‘यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्छौं ।’

समाचार वर्गहरू