कांग्रेस-­एमाले बैठक निष्कर्षविहीन

6

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच दोस्रो चरणको बैठक सकिएको छ।

संसद बैठक सञ्चालनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले संसद अवरुद्ध छ, व्यवस्थित तरिकाले सञ्चालन गर्न प्रतिपक्षी दलका नेतालाई आग्रह गर्नुभयो। केपी ओलीज्यूले १४ सांसदलाई कारबाही नगर्दासम्म बैठक चल्न नदिने बताउनुभयो,’ उनले सञ्चारकर्मीसँग भने।

उनले भोलि (शुक्रबार)को प्रतिनिधि सभा बैठकमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल सुरु हुने बताए। ‘मुख्यतः संसद अवरोधको विषय बाहेक अन्य विषयमा कुराकानी भएको छैन,’ उनले भने, ‘भोलिदेखि एमसीसीको सैद्धान्तिक बहस सुरु हुन्छ।’

फागुन १६ भित्र अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गराउनुपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षी एमालेको साथ खोजेका छन्। उनले एमसीसी पारित गर्न एमालेका सबै मागमा छलफल गर्न खुला रहेको बताएका छन्।

समाचार वर्गहरू