कांग्रेस केन्द्रीय समिति बैठककालागी तय भयो १० एजेन्डा

1
फाइल फोटो

काठमाडौं – मंगलबार दिउँसो १ बजेदेखि बस्ने नेपाली कांग्रेसको केन्द्रिय समितिमा प्रस्तुत गर्ने १० वटा एजेन्डा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले १० एजेण्डा तय गरेको हो ।

महामन्त्री विश्वप्रकाश शर्माअनुसार बैठकको पहिलो एजेन्डा समसामयिक विषय रहेको छ । जसमा आर्थिक, सामाजिक, परराष्ट्र, सुशासनलगायत विषयमा छलफल हुनेछ ।

यस्तै, बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ । तेस्रो एजेन्डामा कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्ने, गोपालमान श्रेष्ठ नेतृत्वको निर्वाचन परिचालन समितीको प्रतिवेदन प्रस्तुत हुनेछ ।

महामन्त्री शर्माका अनुसार नीति अधिवेशनको मिति र स्थान तोक्ने, २७ विभागबाट संख्या बढाउने र उनीहरुको नाम र कार्यक्षेत्रको विषयमा छलफल हुने, राष्ट्रव्यापी अभियानको घोषणा, आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिको प्रतिवेदन पेस, रमेश लेखकद्वारा सदनमा सम्पादन भएका कामहरूको प्रतिवेदन पेस गर्ने र उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिबारे जानकारी गराउने एजेन्डा तय भएको छ ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू