कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरौं – देउवा

3

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक लाइभ गर्ने प्रस्ताव गरेका छन्।

देउवा निवास धुम्बाराहीमा आइतबार अपराह्न भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा उनले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्।

मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्दैछ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिइनेछ।

बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाले केन्द्रीय समिति बैठक लाइभ गर्न सभापति देउवाले प्रस्ताव गरेको जानकारी दिएका हुन्।

‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो,’ कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू