सिन्धुपाल्चोक – पाँच पोखरी थाङ्पाल गाउँपालिकाका आठै वडाका स्वास्थ्यचौकि र धाप इकाई स्वास्थ्य चौकी गरि नौ स्थानमा अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस पुर्ब कोषाध्यक्ष एवं स्थानिय समाजसेवी देबेन्द्र खत्री र नेपाली कांग्रेस पाँच पोखरी थाङ्पाल गाउँ पालिका नेपाली कांग्रेस पार्टी सभापती उत्तरध्वज खत्रीको आर्थिक सहयोग तथा स्थानिय सामाजिक अगुवाहरुको सक्रियतामा उक्त स्वास्थ्य सामाग्री हस्तानतरण गरिएको नेपाली कांग्रेस केन्द्रिय प्रचार प्रसार विभागका सद्स्य एवं महाधिबेशन प्रतिनिधी सागर कुमार श्रेष्ठले बताए ।
उनका अनुसार फोल्डिङ बेड १०, थान , अक्सिजन सिलिन्डर १०, थान भरेको रेगुलेटर सहित ,मास्क १०, हजार पिस , स्यानेटाइजर १०० लिटर लगायतका स्वास्थ्य सामाग्री सबै वडामा गाउँ पालिकाका कार्यकारी अधिकृत ने,का इकाई सभापति,समाजसेवीको रोहबरमा हस्तान्तरण गरिएको थियो ।
यो कोरोनाको माहामारिमा पाँच पोखरिको नागरिकलाई कुनै पनि समस्या नपरोस् भन्ने सोचले अत्यावश्यक सामान हस्तान्तरण गरिएकोमा स्थानियहरुले सहयोग उपलब्ध गराउने नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्ब कोषाध्यक्ष देबेन्द्र खत्री गाउँ पालिका संयोजक उत्तर ध्वज खत्री र उनका सम्पुर्ण परिवारलाई धन्यवाद दिएका थिए ।