कांग्रेस नेता चौधरीको नेतृत्वमा लम्बिनी प्रदेश सरकार गठन हुने

9

काठमाडौं – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले बिहिबार (आज) मुख्यमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने भएका छन्।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आज अपराह्न ४ बजेभित्र दाबी पेस गर्न मंगलबार आह्वान गरेका थिए।

त्यसैअनुसार सोही समयभित्र चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सीनाले जानकारी दिए। ८ दलीय गठबन्धनमा रहेका ५३ संसादको हस्ताक्षरसहित आज प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिने उनको भनाई छ।

आवश्यक प्रक्रिया पुराभएपछि सम्भवत: काँग्रेस नेता चौधरी बिहिबारै मुख्यमन्त्रीमा नियुक्त हुने छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू