(सिन्धुपाल्चोक) – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरस बाट मृत्यु भएकि महिलाको शिशुको अभिभावकत्व ग्रहण गरेका छन ।
पुर्व मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारको लागि ५० हजार रुपैयाँ तत्काल सहयोग गर्ने बताएका छन् । नेता बस्नेतका अनुसार सहयोग शिशुको बुबा अस्पातल बाट फर्केपछि हस्तान्तरण गरिने छ ।
त्यस्तै शिशुलाई १२ कक्षा सम्म निशुल्क रूपमा शिक्षा लगायत को विभिन्न सहयोग र उच्च शिक्षा पश्चात् रोजगारी समेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्द्ता जनाएका छन् ।
कोरोना भाइरसको कारण गत बिहीबार राति धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नपा ९ कि सुत्केरी महिलाको मृत्यु भएको हो । आमाको मृत्यु पश्चात् उक्त नाबालक शिशुको अहिले धुलिखेल अस्पतालकै आइसोलेसनमा उपचार भैरहेको छ ।
अस्पताल स्रोतका अनुसार मृतकका श्रीमान तथा नवजात शिशुको कोरोना रिपोर्ट नेगेटिभ आएको बुझिएको छ ।