कांग्रेस नेता मीन विश्वकर्माले दिए दलित संघको अध्यक्ष र केन्द्रीय सदस्यबाट राजीनामा

5

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् ।

विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको नेता विश्वकर्माको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

समाचार वर्गहरू