काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला रक्षामन्त्री बन्ने भएकी छिन् । कांग्रेस नेता प्रकाशमान सिंहको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोइरालालाई मन्त्री बनाउन लागेको स्रोतको दाबी छ ।
कांग्रेसको महाधिवेशनमा प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उममेदवार बनेर पराजित बनेकी उनले दोस्रो चरणमा सभापतिमा देउवालाई सघाएकी थिइन् । त्यसकै गुन तिर्दै देउवाले उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
प्रधानमन्त्री देउवाले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि मन्त्री बनाउन लागेका छन् । तर, सो मन्त्रालयमा कसलाई बनाउने टुङ्गो लागिनसकेको स्रोत बताउँछ ।
निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवाले थप दुई मन्त्री बनाउन लागेका हुन् ।