काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण,समायोजन लगायतका विषयमा निर्णय लिन बैठक आज २ बजेपछि सानेपामा बस्न लागेको हो ।
क्रियाशील सदस्यता छानबिन समितिले विवाद टुंग्याएर सदस्यताको अन्तिम सूची बुझाउने समय दुई दिन बाँकी छ । महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ ।
हालसम्म साढे ८ लाख क्रियाशील सदस्यको विवरण कांग्रेस केन्द्रीय कार्यालयमा आइपुगेको छ । आएका मध्येक अधिकांश जिल्ला र क्षेत्रमा उजुरी परेको छ ।
उजुरी उपर निर्णय लिन मापदण्ड मापदण्ड बनाउने विषयमा आजको पदाधिकारी बैठकले निर्णय दिन नसके कांग्रेस महाधिवेशन पुनः प्रभावित हुने देखिन्छ ।