काठमाडौं – बालुवाटारमा जारी कांग्रेस र माओवादीको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि सहभागी भएका छन्।
काँग्रेसका र माओवादीका शिर्ष नेताहरु सम्मिलित वालुवाटार बैठकमा समाजवादी अध्यक्ष नेपाल नेताहरू बेदुराम भुसाल र घनश्याम भुसालसहित बालुवाटार पुगेको स्रोतले जनाएको छ।
राष्ट्रपतिको विषयमा निर्णायक भनिएको वार्ता गर्न बसेका कांग्रेस-माओवादीको बैठकमा जसपा अध्यक्ष नेपालको प्रवेश भएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत रहेका छन् भने कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत छन्।