कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

18
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक भाेलि आइतबार बस्ने गरी बाेलाएकाे छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो।

काँग्रेस माओवादी गठबन्धन टुटेसँगै प्रतपक्षी बेन्चमा पुगेको काँग्रेसले संसदमा गृहमन्त्री रवि लामिछाने संलग्न भनिएको सहकारी प्रकरणको छानविन समितिको माग राख्दै आएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू