कांग्रेस समावेशिताको विषयमा प्रतिबद्ध – सभापति देउवा

27

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी पार्टी भएको बताएका छन्।

काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमू संघ वागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले लोकतन्त्रलाई थप मजबुत बनाउन कांग्रेसलाई बलियो पार्नुपर्ने बताए ।

सबैले पार्टीमा प्रतिबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो। नेपाली कांग्रेसमा सबैको सहभागिता आवश्यक रहेको उनले बताए।

‘यो देश सबैको हो । आदिवासी जनजाति, दलित, थारु, मुस्लिम सबैको साझा देश हो । त्यसैले नेपालको विकास र संमृद्धिमा पनि सबैको भूमिका, सबैको सहभागिता र जिम्मेवारी आवश्यक छ,’ देउवाले भने, ‘हाम्रो पार्टी जहिल्यै समावेशी, समानुपातिक व्यवस्थाको पक्षमा रहँदै आएको छ, त्यसकारण कांग्रेस पार्टी सबै जाति, धर्म समुदायको साझा थलो हो ।’

सभापति देउवाले कांग्रेसले विधानमै व्यवस्था गरेर संविधानले प्रबन्ध गरेका समावेशी समूहका आधारमा केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको सुनिश्चतता गरेको बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू