कांग्रेस हिन्दुराष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद् गठन

15

काठमाडौं – नेपाली काँग्रेस, सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले बुधबार सल्लाहकार परिषद् गठन गरेको छ।

महाअभियान केन्द्रीय समन्वय समितिको बुधबार बसेको बैठकले लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सल्लाहाकार परिषद् गठन गरेको महाअभियानका सह संयोजक एवं प्रवक्ता लोकेश ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परिषद्का सल्लाहकारहरुमा पूर्व सभामुख एवं नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री विपीन कोइराला, पूर्वसांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वमन्त्री दिपकुमार उपाध्याय, पूर्वमन्त्री रामचन्द्र अधिकारी, पूर्वमन्त्री दीपकप्रकाश बास्कोटा, पूर्वसांसद शंकरप्रसाद पाण्डे, पूर्वसांसद मिठाराम विश्वकर्मा, पूर्वसांसद महेन्द्र मधुकर, पूर्वसांसद अजयकुमार द्विवेदी र काँग्रेस नेता दामोदर गौतम रहेका छन्।

महाभियान केन्द्रीय समन्वय समितिको सदस्यहरुमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु भिम पराजुली, उर्मिला थपलिया, चन्द्र केसी, गेहेन्द्र गिरी, मुक्ताकुमारी यादवलाई समावेश गरिएको छ।

यस्तै अन्य सदस्यहरुमा केशवप्रसाद दाहाल,नेत्रबहादुर महत, कृष्ण केसी, दिपकजंग शाह, त्रैलोक्यप्रताप सेन, खिम प्रसाद भुषाल, मानबहादुर रावल,छन्दबहादुर पहराई, कीर्तिबहादुर खड्का,पूर्वप्रदेश मन्त्री सुरेन्द्र हमाल, समरुम राउत गद्दी, इन्द्र केदुम,सन्तोष वशिष्ठ दशराज श्रेष्ठ,आरती कार्की,मोतिराज बम,सुरेश यादव, अशोककुमार गुप्ता, हिरा केसी, शक्तिसिंह ठकुरी, कैलाश कोइराला,दिलिपप्रताप खाँड,ब्रम्हानन्द उपाध्याय,जितु उपाध्याय र इन्दु शर्मालाई सदस्यमा थप गरिएको छ।

बुधबारको बैठक नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद शंकर भण्डारीको अध्यक्षतामा बसेको थियो। बैठकले केन्द्रीय समन्वय समितिको सचिवद्वयमा भरतराज पौडेल र मञ्जित ताम्राकारलाई जिम्मेवारी दिएको छ।

अभियानले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना गर्नका लागि आगामी महासमिति बैठकमा जोडदार ढङ्गले अघि बढाउने निर्णय गरेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू