काउन चितवन जिल्ला युवा समिति गठन

21

चितवन – नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) चितवन जिल्ला युवा समिति गठन गरेका छन् । शनिबार चितवनमा भएको युवा भेलाले संजोग पाण्डेको अध्यक्षतामा उपाध्यक्ष प्रतिमा चौधरी , सन्तोष पाठक ,सचीव सदन भण्डारी ,सहसचिव रमित गायक , कोषाध्यक्ष सुजल पाठक , मनिष पौडेल ,सदस्यहरु टेकनारायण कडेल, सन्ध्या पाण्डे , सागर फुलजेल,आशिष कुवर, सक्षम ओलि, सुजन रोक्का चयन भएको काउन युवा समितिका केन्द्रीय अध्यक्ष हिमालयन बम ठकुरीले जानकारी दिए ।

भेलामा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले श्रमिकको हक अधिकार स्थापित गर्न संगठित हुनु नै पहिलो खुड्किला भएको बताउदै युनियनको दायराभित्र सबै श्रमिकलाई आबद्ध गराउन अपिल गरे । महासचिव योगेन्द्र कुवरले ट्रेड युनियन अधिकार , श्रमिक अधिकार र वर्तमान अवस्थाकोबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा काउनका केन्द्रीय अध्यक्ष जेबि गुरुङले युनियनमा युवाहरूको सहभागितालाई उच्च प्राथमिकता दिएको बताए ।

यसैगरी ट्रेड युनियन कांग्रेस बागमतीका कार्यवाहक अध्यक्ष घनाश्याम चापागाईं, काउनका महासचिव प्रदीप आचार्य, केन्द्रीय सदस्य गजेन्द्र पुडासैनी , युवा अध्यक्ष हिमालयन बम ठकुरी , ट्रेड युनियन कांग्रेस चितवन जिल्ला अध्यक्ष हरिहर सापकोटा लगायतले श्रमिक अधिकार र युनियनमा युवा सहभागिताको महत्वको बारे चर्चा गरेका थिए ।

समाचार वर्गहरू