काठमाडौँको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस

5

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम सिफारिस गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार मेयरमा नाम सिफारिस हुने हरुमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धर रहेका छन् ।

शाक्य वहालवाला मेयर हुन् भने स्थापित काठमाडौंका पूर्वमेयर हुन् । त्यस्तै मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य र पूर्वराज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।

जिल्ला कमिटीको सिफारिसमा परेकामध्येबाट एमाले स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।

समाचार वर्गहरू