काठमाडौंका मेयर बालेनले दिए प्रदिप पौडेललाई विजयको शुभकामना

4

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले चुनाव जित्नको लागि अग्रिम शुभकामना दिएका छन् ।

यसपटक काठमाडौं–५ मा नेपाली काँग्रेसका तर्फबाट चुनाव लड्ने भएका पौडेललाई सोमबार मेयर साह र उपमेयर डंगोलले पौडेलको काठमाडौंबाट चुनाव लड्ने निर्णयको स्वागत गर्दै विजयीको लागि अग्रिम शुभकामना दिएका हुन् ।

सोमबार हाँडी गाउँको जात्राको क्रममा साह र डंगोलको भेट पौडलसँग भएकोबेला उनीहरुले शुभकामना दिएका हुन । पौडेलको तनहुँ–२ बाट चुनाव लड्ने चर्चा चलिरहँदा उनलाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ–२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो ।

समाचार वर्गहरू