काठमाडौंका यी स्थानमा बिजुली बन्द हुने

78

काठमाडौं – काठमाडौंको विभिन्न ठाउँमा शनिबार (आज) बिहान र दिउँसो बिजुली अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडरअन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो ।

बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडरअन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । सडक चौडा गर्ने काममा नयाँ ट्रान्सफर्मर निर्माण गर्नुपर्ने भएकाले बिहान एक घन्टा विद्युत अवरूद्ध हुने भएको हो ।

बलम्बु वितरण केन्द्रकै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङल चोक एरियामा भने बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्न मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माई मन्दिर, मूलपानी खहरे, डुमाखाल, बाबाचोक क्षेत्रमा बिहान १० देखि १२ बजेसम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यहाँ जडान कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

तीनै फिडरअन्तर्गतका क्षेत्रमा समयअगावै काम सकिए निर्धारित अवधि भन्दा पहिल्यै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।

समाचार वर्गहरू