काठमाडौं । काठमाडौंको खिचापोखरीबाट ठूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित नविन खड्का नाम गरेका व्यक्ती पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ६ करोड रुपैयाँभन्दा बढीको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका ८ का ३२ वर्षीय खड्कालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको प्रहरीको भनाई रहेको छ ।
प्रहरी टोलीले काठमाडौं महानगरपालिका २२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गर्दा सो सामाग्री फेला पारेको बताइएको छ ।
खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक समेत रहेको बताइएको छ ।