काठमाडौंको गोकर्णेश्वरबाट एक लाख घुससहित तीन जना पक्राउ

10

काठमाडौं – काठमाडौं गोकर्णेश्वरबाट एक लाख रुपैयाँ घुससहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोकर्णेश्वरबाट उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजाडिल सडक खण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारी, सदस्य मोहन प्रसाद कुइकेल र बालुवा डिपो सञ्चालक सुसान्त कुइकेल रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका – ३ स्थित सो उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीसहित योजनाको निर्माण कार्य सम्पन्न भएपछि भुक्तानी दिन घूस मागेको उजुरीका आधारमा अख्तियार टोलीले उनीहरुलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३० हजार रुपैयाँको चेक बरामद गरेर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू