काठमाडौंमा झरी, बिहानैदेखि तीन प्रदेशमा वर्षा, कहाँ कस्तो प्रभाव ?

7

काठमाडौं – नेपालमा तिनदिनदेखि लगातार बर्षा भइरहेको छ । नेपालमा स्थानीय, भारतको  उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण मौसम सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन भनिए पनि साउने झरीजसरी वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समाचार वर्गहरू