काठमाडौं उपत्यकाका १५ क्षेत्रमा कहाँ–कहाँ हुँदै छ मतगणना ?

67

काठमाडौं – उपत्यकाका तीनै जिल्लामा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ। मतपेटिका संकलन भरहेको र आजै गणनाको तयारी भएको निर्वाचन कार्यालयहरूले जनाएको छ।

यसपटक उपत्यकामा सम्बन्धित क्षेत्रमै मतगणना हुने भएको छ। यसअघि काठमाडौंका १०सै क्षेत्रको राष्ट्रिय सभागृहमा गणना हुने भएको थियो।

काठमाडौं- १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर, काठमाडौं- २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय कागेश्वरी मनोहरा नगरपालिका थली, काठमाडौं- ३ को गोकर्णेश्वर नगरपालिका- ४ चामुण्डा स्कुलमा मतगणना हुने भएको छ।

काठमाडौं- ४ को निर्वाचन अधिकृतको कार्यालय रहेको बुढानीलकण्ठ २ स्थित जेष्ठ नागरिक समाज भवन चपली, काठमाडौं ५ को टोखा नगरपालिका ६ स्थित सामुदायिक भवनमा मतगणना हुनेछ।

त्यस्तै, काठमाडौं ६ को तारकेश्वर नगरपालिका कार्यालय धर्मस्थली, काठमाडौं- ७ को बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र खुसिबु, काठमाडौं- ८ को नागार्जुन नगरपालिका भवनसँगैको जनउद्धार माध्यमिक विद्यालय, काठमाडौं- ९ को चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बु र काठमाडौं- १० को कीर्तिपुर २ स्थित सामुदायिक भवनमा मतगणना हुने भएको छ।

त्यस्तै, ललितपुर- १ को गोदावरी नगरपालिका कार्यालय बज्रबाराही, ललितपुर- २ को खुमलटारस्थित कृषिको कार्यालय र ललितपुर- ३ को जावलाखेलमा मतगणनास्थल तोकिएको छ।

त्यस्तै, भक्तपुर- १ मा जिल्ला अदालत भक्तपुर र भक्तपुर- २ मा बोडेस्थित तालिम केन्द्रमा मतगणना हुने भएको छ।

समाचार वर्गहरू