(काठमाडौं) – काठमाडौं उपत्यका सहित मुलुकका पहाडी क्षेत्रका केही ठाउामा हल्का वर्षा भएको छ । शुक्रबार दिनभर देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य र पू्र्वमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।
पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउा पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ । यस्तै शनिबार र आइतबार पनि केही ठाउामा पानी र उच्च भेगमा हिउा पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।