काठमाडौं-तराई-मधेस द्रुतमार्गमा लेनडाँडा सुरुङमार्गको ‘ब्रेक थ्रु’

9

काठमाडौं – मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ (ट्विन ट्यूब टनेल)को ‘ब्रेक थ्रु’ भएको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ को मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको हो ।

त्यहाँ निर्माणाधीन जोडी सुरुङमध्ये एक हजार ६ सय ३३ मिटर लम्बाइको काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

द्रूतमार्गमा ६ वटा सुरुङ र ८९ वटा पुल हुनेछ । उक्त सडक आयोजना आगामी २०८३ चैत मसान्तसम्ममा पूरा गर्ने कार्य योजना छ । 

करिब ७०.९७७ किमी लम्बाईको द्रुतमार्ग पहाडी भू–भागमा २५ र तराई भू-भागमा २७ मिटर चौडाइ हुनेछ । आयोजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति करिब ३३ प्रतिशतको हाराहारीमा पुगेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू