काठमाडौं – काठमाडौं प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २० जनालाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरपालिका– ६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० रुपैयाँका साथै खेलमा प्रयोग भएको तीन बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।