काठमाडौं – काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र काम गरिरहेका चार बाल श्रमिकको उद्धार गरेको छ।
बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने दुई बालक र दुई बालिकालाई महानगरपालिकाले अनुगमन गरी उद्धार गरेको हो।
मेयरको सचिवालयका सदस्य धिरज जोशीका अनुसार चारजना बालबालिकामध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको छ।
दिनभर काम गर्नुपर्ने र विद्यालय जान नपाउने बालबालिकाहरूको उद्धार गरिएको उनले सुनाए।जोशीले भने, ‘देशको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र सिंहदरबारमा नागरिकता नबनेका कलिला बच्चाहरूलाई कसरी काममा लगाइयो भन्ने सोच्नुपर्ने विषय हो। यसले धेरै प्रकारको सुरक्षामा प्रश्न उठाएको छ।’