काठमाडौ – नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर ४ ले असार पन्ध्र अर्थात धान दिवस मनाएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा भएको धान दिवस कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारको प्रमुख आतिथ्यतामा रोपाइँ कार्यक्रम सप्पन्न भएको स्थानिय काँग्रेस नेता सुदर्शन आचार्यले बताए।
आचार्यका अनुसार काठमाडौ जिल्ला क्षेत्र नम्बर ४का कार्यबाहक अध्यक्ष रामप्रसाद लुइँटेलले निमन्त्रणा गरेको धान दिवस कार्यक्रममा क्षेत्रीय प्रतिनिधि माननीय मिना पराजुली, बागमती प्रदेशको पुर्ब लेखा समिति सम्योजक नुछेनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ,नेता ,किसान ,मजदुर,बिद्यार्थी र स्थानीय ब्यक्तिहरुको समेत बाक्लो उपस्थिति रहेको थियो।