काठमाडौ – काठमाडौमा आज (मंगलबार) यो वर्षकै सबैभन्दा बढि चिसो महषुष गरिएको छ । आज बिहान काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
आज काठमाण्डौ सहित पहाडी क्षेत्रमा दिउँसो घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिए । तर तराईका जिल्लामा भने आज दिनभर नै कुहिरो लाग्ने सम्भावना रहेको उनले बताए ।
यस्तै आज राति देशका विभिन्न ठाउँमा आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ तर पानी पर्ने सम्भावना भने छैन ।