काठमाडौं – काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलायन्सको जहाज भैरहवा पुगेको छ ।
कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे छ बजे उडेको एयरलाईन्स भैरहवा मा अवतरण गरिएको हो ।
काठमाडौबाट ६:०५ बजे धनगढीका लागि उडेको श्री एयरलान्सको जहाज प्रतिकुल मौसमका कारण डाइभर्ट भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
उनका अनुसार नेपालगञ्जमा अवतरणको प्रयास गर्दा समेत सफल हुन नसकेपछि भैरहवामा ल्याण्ड भएको हो ।
उक्त जहाजमा इन्धन भरेर काठमाडौं फर्काउने तयारी भइरहेको बुझिएको छ ।