काठेपुल पनि नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य स्थानीय

28

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गरिरहेका छन् । गाउँपालिका वडा नं ३ र ५ को सीमाक्षेत्रमा रहेको नदीको काठेपुल एक हप्ता अगाडि भत्किँदा सोही पालिकाको वडा नं १ र २ का स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

वि.सं २०७० मा साविक जिल्ला विकास समितिबाट रु पाँच लाखको लगानीमा बनाइएको काठेपुल जीर्ण अवस्थामा हुँदा पुनः भत्किएको छ । काठेपुल भत्किँदा ठेहे, दोजाम, ताक्ला, बाम्टा गाउँका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।

हेल्दुमखोलाको बाटो भएर वडा नं १ र २ का स्थानीयवासी र अन्य सर्वसाधरणले आवतजावत गर्ने पुल भत्किँदा यहाँको स्थानीय सरकारले भने कुनै चासो नदिएको स्थानियको गुनासो छ । काठेपुल भत्किँदा ठेहे र दोजामका स्थानीयवासी बढी प्रभावित भएका छन् । उक्त नदीमा पुल नहुँदा दैनिक सदरमुकाम सिमकोटमा पुगेर उपभोग्य सामान खरीददेखि प्रशासनिक कामका लागि आवतजावत गर्नेलाई समस्या बनाएको नदी छेउमा होटल सञ्चालन गरिरहेका करण सुनारले बताए ।

आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिकासहित वडा नं १ र २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिन्छ ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू