काठमाडौं – नेपाल काभा वुमन्स भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको सेमिफाइनल खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो। इरानलाई नेपालले २५-२१, २८-२६ र २५-२० ले हराएको हो।
योसँगै नेपालले उपाधिका लागि अब भारतसँग खेल्ने भएको छ। मंगलबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत उपाधिनजिक पुगेको थियो।
नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ।