काठमाडौं – काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा २ वटा वडाकाे गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका छन् । मत गन्न बाँकी ११ र १२ वडामा कुल ३५३१ मात्र मत छ । जबकी नेपालकाे मतान्तर नै ३६११ रहेकाे छ ।
उपमेयरमा माओवादी समाजवादी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालका प्रतिष्पर्धि एमालेकी सरिता ढकालले ५८०७ मत ल्याएकी छिन्। उपमेयरमा नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले २५८ मत पाएका छन् ।
प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले ८०५८ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले ६८६२ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३९ र राप्रपाकी हिरा बजगाइँले २१२ मत पाएका छन् ।
हालसम्म वडा नम्बर १,२,३, ४, ५, ६, ७, ८, ९ र १० मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ।
वडा नम्बर १,४,५ र ७ मा एमाले, २, ३ ६, ९ र १० मा नेपाली कांग्रेसले जित हात पारेका छन्। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ ।