काभ्रेको दोलालघाटमा चल्न थाल्यो ‘जेट बोट’

86

काठमाडौं – सिन्धुपाल्चोक र काभ्रेको बिचमा रहेको इन्द्रावती र सुनकोशी नदिमा ‘जेट बोट’ सञ्चालनमा आएको छ । महाकाल वाटर सर्भिस एण्ड रिसोर्ट प्रालिले उक्त ‘जेट बोट’ सञ्चालनमा ल्याएको हो ।

उक्त कम्पनिले यस अघीनै सप्तकोशीमा ३ वटा ‘जेट बोट’ सञ्चालन गरेकोमा अहिले इन्द्रावती र सुनकोशी नदिको दोभान काभ्रेको दोलालघाटमा थप एउटा ‘जेट बोट’ सञ्चालन गरेको कम्पनिका सञ्चालक पवन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अहिले उक्त बोट दोलालघाट बाट करिब २ किमी तल बिमिरे सम्म सञ्चालनमा रहेको र छिट्टै करिब ५ किमी तल कुशेश्वर मन्दिरसम्म चलाउने योजना रहेको छ । पेट्रोलबाट चल्ने उक्त बोट नदिको बहाव भन्दा विपरित दिशातर्फ पनि सहजै चल्ने भएकोले आगामी दिनमा दोलालघाट बाट सुकुटेसम्म चलाउने योजना रहेको न्यौपानेले बताए ।

अहिले समान्यतया प्रतिव्यक्ति ५०० भाडा लिने गरेको र दोलालघाटमा बनभोजमा रमाउनेहरुको लागी बिशेष छुटको समेत व्यवस्था गरिएको कम्पनि सञ्चालक न्यौपानेले बताए ।

समाचार वर्गहरू