काभ्रेको बुचाकोटमा बस दुर्घटना हुँदा आठको मृत्यु

71
फोटो- फेसबुक

काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ गुडिरहेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस दिउँसो करिब २ः१५ बजे  नमोबुद्ध-२ सेल्फीडाँडास्थित सडकबाट दुई सय मिटर तल खसेको थियो।

दुर्घटनामा चालकसहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विस्टले राससलाई जानकारी दिए। घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीको भनाइ छ। विष्टका अनुसार बसमा २४ जना यात्रा गरिरहेका थिए।

घटनाबारे थप विवरण आउन बाँकी छ।

समाचार वर्गहरू