(काठमाडौं) – शनिबार फेरि दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना संक्रमण देखिएको बताए ।
यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।