कामनपाले पूर्वसहमति नलिए सांसदका योजना कार्यान्वयन गर्न नदिने

4

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वसहमति नलिए सांसदका योजना कार्यान्वयन गर्न नदिने भएको छ ।

महानगरका प्रमुख बालेन्द्र शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्व सहमतिबिना छनौट भएका संसदीय कोषका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नदिने हुन्।

बुधबार सार्वजनिक भएको नीति तथा कार्यक्रमको ५५ नम्बर बुँदामा भनिएको छ, ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिनेव्यवस्था गरिनेछ।’

त्यस्तै महानगरमा कार्यरत कर्मचारीका लागि सुनौलो अवकास योजना कार्यक्रम सञ्चालन गरिने भएको छ। महानगरपालिका क्षेत्रभित्र एक निर्दिष्ट नगर अस्पताल स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै महानगरले निजी तथा सामुदायिक अस्पतालसँगको सहकार्यमा सुलभ फार्मेसी स्वर्णिम योजना सञ्चालनमा ल्याई महानगरबासीलाई औषधि खरिदमा सहुलियत दिइने भएको छ। सार्वजनिक स्थानमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्णरूपमा रोक लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/06/Policy-Ktm.pdf” title=”Policy Ktm”]

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू