काठमाडौं – नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेको छ ।
काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको प्रत्यक्षदर्शीले बताए ।
चितवनको फिस्लिङ बजारनजिक बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निरिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएर नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस शुक्रबार बिहान साढे ७ बजेतिर त्रिशुली किनारमा खसेको हो ।
४५ जना यात्रु सवार रहेको बस दुर्घटनाहुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।