(काठमाडौं) – यही कार्तिक १८ गते देखि काठमाडौंमा पोषण सम्बन्धी विश्व सम्मेलन हुने भएको छ । राष्ट्रिय योजना आयोगले बुधबार पत्रकार सम्मेलन गरी कार्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंमा ेषण सम्बन्धी विश्व सम्मेलन हुने जानकारी गराएको हो ।
बढी पोषण पनि कुपोषण हो भन्ने सन्देश समेत दिने गरी आयोजना हुने सो सम्मेलनका विश्वका विभिन्न मुलुकका सरकारी प्रतिनिधि र विज्ञहरु सहभागी हुनेछन । नेपालमा हाल २८ दशमलव ६ प्रतिशत बालबालिका कुपोषणको शिकार बनेको सरकारी तथ्यांक छ ।
नीहरुलाई त्यसबाट मुक्त गराउन पनि सो विश्व सम्मेलनले आवश्यक मार्ग निर्देशन गर्ने सरकारको अपेक्षा छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ मूल नाराका साथ आयोजना हुने सो विश्व सम्मेलनमा पोषणका क्षेत्रमा कार्यरत एक सयभन्दा बढि अन्तराष्ट्रिय संघ, संस्थाका प्रतिनिधिहरु पनि सहभागी हुनेछन ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुने पनि आयोगका प्रवक्ता किरण रुपाखेतीले जानकारी दिए । र दिनसम्म चल्ने सम्मेलनमा कुपोषणबाट मुक्ती पाउनका लागि आवश्यक रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित हुनेछ ।