काठमाडौं – एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले आफुमाथि हातपात गरेको आरोप लगाएका छन् ।
पार्टी निर्देशनअनुसार सोमबार नेकपा एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरुलाई पत्र पुर्याउन जादा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको रावलले बताए । साथै मन्त्री सोडारीले दुर्व्यवहार गरेको पनि रावलको भनाइ छ ।
स्वकीय सचिव ललित बोहराका अनुसार मन्त्री बजेटसम्बन्धी छलफलमा व्यस्त रहेको मौका पारेर अंगरक्षक र निजी सचिवालयलाई छल्दै भित्र पसी उनले हात हालेका हुन् ।